सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री « Khabarhub

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिका बारेमा छलफल गर्नका सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले मंगलबार सर्बदलीय बैठक बोलाउने सम्भावना रहेको ओली निकट स्रोतले जनाएको छ । बैठक बोलाउने बारे प्रधानमन्त्री अन्तिम तयारीमा रहेको स्रोतको भनाइ छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन ।

तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : २५ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक