वरिष्ठ गायक जगतमर्दन थापाको निधन « Khabarhub

वरिष्ठ गायक जगतमर्दन थापाको निधन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा गायक थापाको सोमबार बिहान १० बजे उनको निधन भएको छोरा मोहितमर्दन थापाले बताए ।

कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि थापा अस्पतालमा उपचाररत थिए । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बाबुको जागिरे जीवनकै क्रममा सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए ।

अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए ।

थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरे । ५० को दशकमा जागिर जीवनपछि पुन: उनी सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए ।

नेपाली गीतसंगीतलाई मौलिकता झल्कने गरी अमर र अजर बनाउनुपर्छ भन्ने धारणा राख्ने थापा महामारीकालमा पनि ८५ औं जन्मोत्सवको अवसरमा छैटौं एल्बम सार्वजनिक गर्नलाई दौडधुपमा नै थिए ।

थापाका एक छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  २ : २० बजे

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।  पार्टी

ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी

सभापति बनेको ८ दिनपछि सानेपामा भित्रिए गगन थापा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन्