वरिष्ठ गायक जगतमर्दन थापाको निधन « Khabarhub

वरिष्ठ गायक जगतमर्दन थापाको निधन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा गायक थापाको सोमबार बिहान १० बजे उनको निधन भएको छोरा मोहितमर्दन थापाले बताए ।

कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि थापा अस्पतालमा उपचाररत थिए । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बाबुको जागिरे जीवनकै क्रममा सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए ।

अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए ।

थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरे । ५० को दशकमा जागिर जीवनपछि पुन: उनी सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए ।

नेपाली गीतसंगीतलाई मौलिकता झल्कने गरी अमर र अजर बनाउनुपर्छ भन्ने धारणा राख्ने थापा महामारीकालमा पनि ८५ औं जन्मोत्सवको अवसरमा छैटौं एल्बम सार्वजनिक गर्नलाई दौडधुपमा नै थिए ।

थापाका एक छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  २ : २० बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा