जनशक्ति अभावमा प्रयोग भएन भेन्टिलेटर « Khabarhub

जनशक्ति अभावमा प्रयोग भएन भेन्टिलेटर


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुई वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो ।

जिल्ला अस्पतालका प्रमुख डा.जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो ।

‘यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बन्न पुगेका हुन्’, उनले भने ।

भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रिफर गर्न परेको डा.मण्डल बताउछन् ।

अस्पताल विकास समितिका सदस्य महेश रोकाले भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि पुनः सङ्घीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए ।

त्रियुगा नगरपालिका– ३ मोतिगडाका समाजसेवी ज्ञानबहादुर बस्नेत भन्नुहुन्छ, ‘प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा जिल्लावासीले गम्भीर अवस्थाको उपचार सेवा लिन अहिले पनि लाखौँ खर्च गरेर बाहिर जान बाध्य छन् ।’

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ