नेकपाका गुटगत भेला तीव्र, विराटनगरमा ओली गुटका विद्यार्थीलाई प्रशिक्षण « Khabarhub

नेकपाका गुटगत भेला तीव्र, विराटनगरमा ओली गुटका विद्यार्थीलाई प्रशिक्षण


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला सत्तारूढ दल नेकपाभित्र गुटगत भेला र प्रशिक्षणले पनि तीव्रता पाएका छन् ।

प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेपछि उनीनिकट विद्यार्थी नेताहरूले छुट्टै भेला र प्रशिक्षण थालेपछि दाहाल-नेपाल समूहले पनि भेला तीव्र पारेको छ ।

१० मंसिरमा अनामनगरस्थित मदन भण्डारी कलेजमा केपी ओली गुटका विद्यार्थी नेताले छुट्टै भेला आयोजना गरेपछि १९ मंसिरमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका विद्यार्थीले थापाथली क्याम्पसमा अर्को भेला गरे । शनिबार पनि गोकेर्णेश्वरमा प्रचण्ड-नेपाल समूहकै विद्यार्थी नेताले भेला आयोजना गरे ।

भेलामा आफ्नो समूहको योजना अनुसार अघि बढ्न विद्यार्थीहरूलाई निर्देशन दिइएको एक विद्यार्थी नेताहरूले जनाए ।

अखिलका संयोजक ऐन महर नै लागि परेर दाहाल-नेपाल समूहका नेताहरूविरूद्ध लागेपछि प्रतिवादस्वरूप अर्को समूहका मात्रै विद्यार्थीहरू भेला हुन बाध्य भएको अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

ओलीनिकट अखिलकै अर्का विद्यार्थी नेता रश्मी आचार्य भने पार्टी एकताको भावना र मर्मविपरित शीर्ष नेतृत्वबाट प्रधानमन्त्रीविरूद्ध जनस्तरमा गलत सन्देश प्रवाह गरिन थालिएपछि त्यसको प्रतिवादमा भेला गरिएको बताउँछन् ।

यसैबीच ओली निकट विद्यार्थीहरुको प्रदेश भेला विराटनगरमा आयोजना गरिएको छ । भेलालाई सम्बोधन गर्न अनेरास्वीयूका केन्द्रीय संयोजक ऐन महरसहित ओली पक्षाका केन्द्रीय विद्यार्थी नेताहरु विराटनगर पुगेका छन् ।

प्रदेश स्तरीय भेलामा प्रदेशका १४ वटै जिल्लाबाट ओली निकट विद्यार्थी नेता सहभागी छन् । मोरङका क्याम्पस इकाई कमिटी अध्यक्ष र जिल्ला सदस्यलाई पनि भेलामा बोलाइएको छ ।

विराटनगरको निहारिका कलेजमा आयोजना गरिएको भेलामा १२५ जना भन्दा बढीको सहभागीता रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  २ : ०३ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी