२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ।  जसमा १ हजार १४ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना भाइरसको संख्रमण पुष्टि भएको छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा ३४४, काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा ६७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी गत २४ घण्टाको अवधिमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा ६ जनामा कोरोना  पुष्टि भएको छ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा १४, बर्दियामा ३, बाँकेमा ९, रोल्पामा २ र रुपन्देहीमा ५३ जना जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४ र सुर्खेतमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयक अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ५९ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका