तथ्यांक विभागद्वारा बहुसूचक सर्वेक्षण सार्वजनिक (प्रतिवेदनसहित) | Khabarhub Khabarhub

तथ्यांक विभागद्वारा बहुसूचक सर्वेक्षण सार्वजनिक (प्रतिवेदनसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपाल बहुसूचक सर्वेक्षण, २०७५/७६ सार्वजनकि गरेको छ ।

नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप गरिएको सर्वेक्षण सोमबार सार्वजनिक भएको हो ।

स्थानीय तहमा हुने योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यहरूको अनुगमनको लागि आवश्यक पर्ने तथ्याङ्कहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणाहरू तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्न  यो सर्वेक्षणले ठोस योगदान पुग्ने विभाग विश्वास छ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा नेपाल सरकारले सर्वेक्षण गरेको विभागले जनाएको छ ।

सर्वेक्षणमा तथ्याङ्क संकलनको लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएको विभागले जनाएको छ ।

यसरी छानिएका जम्मा १२,८०० परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको जनाइएको छ  । साथै प्रत्येक परिवारमा भएका १५-४९ वर्ष उमेर समूहका महिला, १५-४९ वर्ष उमेर समूहका पुरुष, ५-१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको विभागले जनाएको छ ।

प्रतिवेदनमा राष्ट्रियस्तर, सातै प्रदेशका शहरी क्षेत्र तथा ग्रामीण क्षेत्र लगायत काठमाडौं उपत्यका शहरी क्षेत्रको खण्डिकृत तथ्याङ्क समावेश गरिएको विभागले जनाएको छ।

यस्तो छ  बहुसूचक सर्वेक्षण २०७५/०७६

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ०५ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी