आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अगष्ट २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको यात्रा सुखद् हुनेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक क्षेत्रमा झुकाव बढ्नेछ। आफ्नो मूल्याङ्कन गर्ने क्षमता बढ्नेछ। पुराना साथीसँगको भेटले नयाँ कामको योजना बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट सकारात्मक सन्देश मिल्नेछ। आज पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयासबाट सफलता मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम सुचारु गर्न सहज हुनेछ। बिहान उठेर पन्छीलाई दाना दिनु लाभदायी हुनेछ।

कन्या : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। कृषि र दुग्धजन्य वस्तुमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन राम्रो छ। आज कला र गलाको प्रस्तुति गर्नुपर्ने दिन छ। साथीभाइको सेवा गर्नाले आफ्नो काम ओझेलमा पर्नसक्छ। परिवारको साथमा नजिकैको सुखद् यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। भाग्यस्थानमा चन्द्रमा पुगेका छन्। तपाईको कार्यकुशलताको प्रशंसा हुनेछ। शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शत्रु बढ्ने भएकाले कम बोल्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। आज दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। सामाजिक कार्यको प्रशंसा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारको योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीभाइबाट धोका हुने जोखिम छ। अपमानित हुनुपर्ने दिन छ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ लिएर गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : साना कुरामा पनि रिस उठ्नेछ। धार्मिक व्यक्तित्वसँग भएको भेटघाटले मनमा शान्ति मिल्नेछ। लगानी गर्नु भत्ता भएको सम्पत्तिको संरक्षण गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। आफ्नै बलबुतामा गरेको कामबाट फाइदा हुनेछ। पठनपाठनमा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। दाम्पत्य जीवन भने सुखमय बन्नेछ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : ०४ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच