इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे « Khabarhub

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताएका छन्।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालीलाई विश्वव्यापी रूपमा चिनाउन यस्ता बृहत् प्रतियोगिता महत्त्वपूर्ण हुने भएकाले यसलाई ध्यान दिएर एकताबद्ध रूपमा लाग्नुपर्ने बताएका हुन्।

“विश्वव्यापी रूपमा चिनाउन लागेको जनशक्तिले छरिएर रहेका प्रतिभालाई उजागर गर्न लागिपरेको छ, यस्ता कार्यक्रममा हुने नयाँ प्रतिभाको विकासले उत्साहित बनाएको छ, यसबाट प्रेरणा लिँदै आगामी सिजन भव्य हुन सकोस्”, सभामुख घिमिरेले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ ले मेचीदेखि महाकालीमात्रै सीमित नरहेर हाम्रो कला र सम्पदाको सृजनशीलतालाई विश्वभर प्रचारप्रसार गरेको बताए। संस्कृति जगेर्नामा सरकार सदैव तत्पर रहेको बताउँदै उनले विश्वभरि फैलिएर रहेका नेपालीलाई एकताबद्ध गराउँदै नेपाली संस्कृति र सभ्यतासँग जोड्न यो प्रयास सराहनीय रहेको धारणा राखे।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालीभाषीको महोत्सव हो भन्दै मित्रराष्ट्रलगायत विभिन्न देशबाट आएका नेपालीभाषीको सहभागिताले प्रतियोगिता संसारभरका नेपाली संस्कृति झल्काउने माध्यम बनेको बताए।

भुटानका पूर्वमन्त्री लोकनाथ शर्माले यो मञ्च निर्माणले धेरै सम्भावना सृजना गरेको उल्लेख गर्दै फाइलनसम्म भाग लिने सबैलाई शुभकामना दिए। इन्ट्रा फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीले हाम्रो कला र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।

ग्राण्ड फिनालेमा गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ५ : ५५ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा