राजावादीहरुको प्रदर्शनमा राप्रपाले जनायो समर्थन (भिडियोसहित) « Khabarhub

राजावादीहरुको प्रदर्शनमा राप्रपाले जनायो समर्थन (भिडियोसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि भएको प्रदर्शनमा पार्टीको ऐक्यवद्धता रहको बताएका छन् ।

सोमबार पार्टी कार्यालय चावाहिलमा पार्टीको झण्डा र चुनावचिन्ह सार्वजनिक गर्न आयोजित कार्यक्रममा थापाले स्वतः स्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् ।

उनले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा पूर्वराजाको कुनै प्रतिक्रिया नआउनुले जनतामा राजतन्त्रमाथिको आस्था र विश्वास बढेर गएको धारणा राखे ।

अहिलको वर्तमान अवस्थामा जनताले परिवर्तन चाहेको भन्दै उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने उल्लेख गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।

कार्यक्रममा राप्रपाका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकार दिशाहीन र उपलब्धिविहीन मार्गमा अघि बढेको आरोप लए ।

जनताका लागि वर्तमान सरकारले सिन्का पनि भाच्न नसकेकाले जनतामा निराशा छाएको उनको भना छ । उनले जनताको जनआवाजलाई फराकिलो पार्न राप्रपा प्रतिवद्ध रहेको बताए ।

त्यस्तै राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्‍याउने  दाबी गरे ।

कार्यक्रमका अन्य वक्ताहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको देशव्यापी आन्दोलन स्वाभाविक भएको भन्दै यसलाई निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ३८ बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा