काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ । पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले प्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।
केही दिनअघि सम्पन्न बैठकले अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापानको संयोजकमा पूर्वप्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हरि लामिछाने र उपसंयोजकमा पूर्वनेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेलाई चयन गरेको छ।
लामिछाने तत्कालीन नेकपा एकीकृत समाजवादी र पाण्डे तत्कालीन नेकपा माओवादी केन्द्र सम्बद्ध थिए ।
पार्टी एकता प्रक्रियालाई प्रवासमा समेत व्यवस्थित बनाउने उद्देश्यले साविकका दुवै संगठनका राष्ट्रिय समितिलाई समायोजन गरी ‘एकता आयोजक समिति’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले एसिया प्रदेशअन्तर्गत रहेका सबै देशमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
राष्ट्रिय अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित र एकीकृत बनाउँदै नयाँ नेतृत्व तथा सांगठनिक संरचना निर्माण गरिने पाण्डेले जानकारी दिए ।
नेकपाका एसिया प्रदेश संयोजक सनीकुमार ओलीका अनुसार प्रवासमा रहेका पार्टीसम्बद्ध संगठनबीचको एकतालाई संस्थागत गर्दै एसिया प्रदेशमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।












प्रतिक्रिया