पत्नी पीडित अनौठो पुरुष आश्रम जहाँ दैनिक गरिन्छ कौवाको पूजा ! « Khabarhub

पत्नी पीडित अनौठो पुरुष आश्रम जहाँ दैनिक गरिन्छ कौवाको पूजा !


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लोग्नेको हिंसाबाट पीडित महिलाहरुका बारेमा विभिन्न घटना सार्वजनिक हुने गरेका भएपनि पत्नीबाट पीडित भएका पुरुषहरु पनि कम छैनन् । कोही मानिसहरु लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य भएको पाइन्छ ।

पत्नी पीडितहरुका यस्तै पीडालाई ध्यानमा राखेर छिमेकी मुलुक भारतमा पत्नीपीडित आश्रम खोलिएको छ । भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पीडित हुन् । उनकी श्रीमतीले उनी विरुद्ध १४७ वटा मुद्दा हालेकी थिइन् ।

पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उक्त आश्रमको उद्घाटन गरेका हुन् ।

उक्त पत्नीपीडित आश्रममा अहिलेसम्म भारतभरिबाट गरी ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको उनी बताउँछन् । कतिपय त सोही आश्रममा बस्ने गरेका छन् । उक्त आश्रममा बस्नका लागि चाहिँ एउटा शर्त छ । त्यस्ता पुरुषहरु मात्र त्यहाँ बस्न पाउँछन्, जो विरुद्धका उनका श्रीमतीले कम्तीमा २० वटा मुद्दा हालेका होउन् ।

झण्डै १२ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त आश्रममा तीनवटा कोठा छन् । यहाँ हरेक शनिवार र आइतबार पत्नी पीडित पुरुषहरुलाई परामर्श दिइन्छ । आश्रममा बस्ने पुरुषहरुले पैसा जम्मा गरेर यहाँ लाग्ने खर्च जुटाउँछन् । उनीहरु खाना बनाउने लगायतका सबै काम आफै गर्छन् ।

सञ्चालक फुलारे आश्रममा आउने सबै पुरुषहरुका मामिला विश्लेषण गर्छन् र कुन विषयमा खास गडबडी रहेछ र कमजोर कडी के रहेछ भन्ने पत्ता लगाउने प्रयास गर्छन् ।

साथै पत्नीपीडित पुरुष विरुद्ध लागिरहेको मुद्दाका विषयमा कानूनविदहरुसँग सल्लाह लिइन्छ । मुद्दाका कारण केही महिनासम्म शहर बाहिर जानुपर्दा उनले आफू जस्तै तीन जना पत्नीपीडित भेटे । त्यसपछि उनलाई पत्नी पीडित पुरुषका लागि आश्रम खोल्ने आइडिया फुरेको हो ।

यो आश्रममा छत्तीसगढ़, गुजरात, कर्नाटक, आंध्र प्रदेशका पत्नीपीडितहरु कानूनी सल्लाह लेनको लागि आउने गरेका छन् ।

जहाँ हुन्छ कौवाको पूजा 

आश्रमको पहिलो कोठामा कार्यालय बनाइएको छ । जहाँ पत्नी पीडितको कानूनी लडाइका बारेमा सल्लाह तथा परामर्श दिने गरिन्छ । कार्यालयमा एक ठूलो कौवाको प्रतिमा बनाइएको छ ।

उक्त कौवाले सबैको ध्यान खिच्छ । हरेक दिन बिहान र बेलुकी उक्त कौवाको दीप बत्ति बालेर पूजा गरिन्छ । आश्रममा रहनेहरुले बताएअनुसार कागले अण्डा पारेर उडेर जान्छ तर पुरुष कौवाले उक्त अण्डाको रेखदेख गर्छ ।

यस्तै स्थिति पत्नी पीडित पतिको पनि हुने भएका कारण कौवाकाे प्रतिमाको पूजा गर्न थालिएको बताइन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : १४ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब