पत्नी पीडित अनौठो पुरुष आश्रम जहाँ दैनिक गरिन्छ कौवाको पूजा ! « Khabarhub

पत्नी पीडित अनौठो पुरुष आश्रम जहाँ दैनिक गरिन्छ कौवाको पूजा !


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लोग्नेको हिंसाबाट पीडित महिलाहरुका बारेमा विभिन्न घटना सार्वजनिक हुने गरेका भएपनि पत्नीबाट पीडित भएका पुरुषहरु पनि कम छैनन् । कोही मानिसहरु लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य भएको पाइन्छ ।

पत्नी पीडितहरुका यस्तै पीडालाई ध्यानमा राखेर छिमेकी मुलुक भारतमा पत्नीपीडित आश्रम खोलिएको छ । भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पीडित हुन् । उनकी श्रीमतीले उनी विरुद्ध १४७ वटा मुद्दा हालेकी थिइन् ।

पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उक्त आश्रमको उद्घाटन गरेका हुन् ।

उक्त पत्नीपीडित आश्रममा अहिलेसम्म भारतभरिबाट गरी ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको उनी बताउँछन् । कतिपय त सोही आश्रममा बस्ने गरेका छन् । उक्त आश्रममा बस्नका लागि चाहिँ एउटा शर्त छ । त्यस्ता पुरुषहरु मात्र त्यहाँ बस्न पाउँछन्, जो विरुद्धका उनका श्रीमतीले कम्तीमा २० वटा मुद्दा हालेका होउन् ।

झण्डै १२ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त आश्रममा तीनवटा कोठा छन् । यहाँ हरेक शनिवार र आइतबार पत्नी पीडित पुरुषहरुलाई परामर्श दिइन्छ । आश्रममा बस्ने पुरुषहरुले पैसा जम्मा गरेर यहाँ लाग्ने खर्च जुटाउँछन् । उनीहरु खाना बनाउने लगायतका सबै काम आफै गर्छन् ।

सञ्चालक फुलारे आश्रममा आउने सबै पुरुषहरुका मामिला विश्लेषण गर्छन् र कुन विषयमा खास गडबडी रहेछ र कमजोर कडी के रहेछ भन्ने पत्ता लगाउने प्रयास गर्छन् ।

साथै पत्नीपीडित पुरुष विरुद्ध लागिरहेको मुद्दाका विषयमा कानूनविदहरुसँग सल्लाह लिइन्छ । मुद्दाका कारण केही महिनासम्म शहर बाहिर जानुपर्दा उनले आफू जस्तै तीन जना पत्नीपीडित भेटे । त्यसपछि उनलाई पत्नी पीडित पुरुषका लागि आश्रम खोल्ने आइडिया फुरेको हो ।

यो आश्रममा छत्तीसगढ़, गुजरात, कर्नाटक, आंध्र प्रदेशका पत्नीपीडितहरु कानूनी सल्लाह लेनको लागि आउने गरेका छन् ।

जहाँ हुन्छ कौवाको पूजा 

आश्रमको पहिलो कोठामा कार्यालय बनाइएको छ । जहाँ पत्नी पीडितको कानूनी लडाइका बारेमा सल्लाह तथा परामर्श दिने गरिन्छ । कार्यालयमा एक ठूलो कौवाको प्रतिमा बनाइएको छ ।

उक्त कौवाले सबैको ध्यान खिच्छ । हरेक दिन बिहान र बेलुकी उक्त कौवाको दीप बत्ति बालेर पूजा गरिन्छ । आश्रममा रहनेहरुले बताएअनुसार कागले अण्डा पारेर उडेर जान्छ तर पुरुष कौवाले उक्त अण्डाको रेखदेख गर्छ ।

यस्तै स्थिति पत्नी पीडित पतिको पनि हुने भएका कारण कौवाकाे प्रतिमाको पूजा गर्न थालिएको बताइन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : १४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ