आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण « Khabarhub

आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले अमेरिकी सैनिक रहेको दुई अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको अड्डालाई लक्षित इरबिल र अलआसादमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले यो आक्रमण अमेरिकी हवाई आक्रमणमा मृत्यु भएका विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्याको प्रतिशोध रहेको उल्लेख गरेको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको आक्रमणमा सुलेमानीको मृत्यु भएपछि रुष्ट बनेको इरानले त्यसको कठोर बदला लिने बताएको छ ।

इरानले इराकको अल–असदमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको हो । सो आक्रमणमा कसैको ज्यान गए–नगएको स्पष्ट भएको छैन ।

इराकमा अमेरिकी सैन्य क्याम्पमा भएको आक्रमणबारे जानकारी रहेको र यसबारे राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ्ग गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इरानको रिभोलुसनरी गार्डले आफूहरुको आक्रमणमा सुलेमानीको हत्याको प्रतिशोध रहेको जनाएको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनए मार्फत सार्वजनिक गरिएको रिभोलुसनरी गार्डको वक्तव्यमा भनिएको छ, ‘हामीले अमेरिका सबै सहयोगीलाई पनि चेतावनी दिइरहेका छौँ, जसले आतंककारी आर्मीलाई स्थान प्रदान गरेका छन्, इरान विरोधी गतिविधि भएका स्थानमा प्रतिशोधात्क आक्रमणको निशाना बनाइने छ ।’

इरानले बुधबार बिहानै मिसाइल तथा रेकट प्रहार गरेको हो । मंगलबार सुलेमानीको अन्तिम संस्कार भएको थियो । त्यसको केही घण्टापछि नै इरानले अमेरिकी सैनिकका केन्द्रलाई निशाना बनाएको हो ।

अमेरिकाले गरेको हवाई आक्रमण र त्यसमा सुलेमानीको मृत्यु भएपछि इरानसँगै मध्य पूर्वमा युद्ध हुन सक्ने खतरा बढेको छ ।

आक्रमणको भिडियो

यो पनि पढ्नुहोस्

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा

अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : १४ बजे

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ