यी ७ कुरा खानुहोस् तनावमुक्त हुनुहोस् « Khabarhub

यी ७ कुरा खानुहोस् तनावमुक्त हुनुहोस्


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको जिवनमा धेरै उतारचढाव आउँछन् । कतिपय अवस्थामा मानिस तनाव बेहोर्न बाध्य हुन्छ ।

तनाव बढ्दा वैचारिक विचलनसहित बिभिन्न रोग लाग्ने समेत सम्भावना हुन्छ । त्यसैले सकेसम्म तनावपूर्ण स्थितिबाट बाहिरिनु अत्यावश्क छ । यदि तपाईमा तनाव छ भने यि वस्तुको सेवन गर्नुहोस् जसले तपाईलाई तनावरहित जिवन जिउन मद्दत गर्दछ ।

१. केरा

पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइने केरा खानाले शरीरमा सेरोटोनिन नामक न्युरोट्रान्समिटर उत्सर्जन गर्दछ । जसले तनाव कम गर्ने तथा शान्त राख्न मद्दत गर्दछ ।

२. स्याउ

स्याउमा फोस्फोरस र आइरन प्रचुर मात्रामा पाइन्छ । जसले शरीरको तनाव कम गर्नुका साथै तनाव उत्पन्न हुदाँ खुम्चिएका कोषिकालाई पुरानो अवस्थामा फर्काउन मद्दत गर्छ ।

३. अमला

अत्यधिक तनाव हुने ब्यक्तिका लागी अमला सबैभन्दा उत्तम फल हो । अमलामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जसले तनाव उत्पन्न हुदाँ रगतमा आउने परिर्वतनलाई पुरानो अवस्थामा फर्काउने गर्दछ ।

४. जौ

फाइबरको मात्रा उच्च हुने जौ खानाले तनावका कारण कोलेस्टरोल मात्रामा बढि भए वा मुटु सम्बन्धी रोगका लागी पनि लाभदायि हुन्छ । तनाव महशुस भएमा जौको पिठोबाट बनेका परीकार खानाले तनाव कम हुन्छ ।

५. कुरिलो

शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्दछ । त्यसैले तनाव उत्पन्न भएका बेला कुरिलोको तरकारी वा झोल बनार्य खानु निकै फाइदाजन हुन्छ ।

६. ब्रोकाउली

ब्रोकाउलीमा हुने फोलिक एसिडले तनाव कम गर्छ मद्दत गर्दछ । यदि कोहि मानिस तनावपूर्ण स्थितीमा छ भने खानासँग ब्रोकाउलीको तरकारी खानु उपयुक्त हुन्छ ।

७. दूध

दूधमा क्याल्सियम, म्याग्नेसियम र पोटासियम सहित ट्राइप्टोफान नामक तत्व समेत पाइन्छ । जसको सेवनले मष्तिक स्वस्थ्य र शान्त बनाउने गर्दछ । तनावका बेला दुधको सेवन गर्नु निकै लाभदायक हुन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : १७ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक