मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र « Khabarhub

मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण शुरु भएको चार वर्षपछि ढोलाहिटि–लेले सडक मापदण्डभन्दा आधाभन्दा कम चौडाइमा कालोपत्र भएको छ । २० मिटर सडक कालोपत्र गर्ने विसं २०७२ मा ठेक्का सम्झौता भएकामा अहिले छ/सात मिटर चौडाइमा कालोपत्र भइरहेको हो ।

सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाइ कालोपत्र गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो नदेखाएको उनले बताए ।

‘सडक नजिक रहेका विभिन्न मठ, मन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयले आवाज उठाएका थिए’, उनले भने, ‘त्यहाँका मानिसले नै सडक नबढाए हुन्छ तर कालोपत्र हुनैपर्छ भनेर माग गरेकाले हामीले उपलब्ध भएकै चौडाइमा कालोपत्र गरेका छौँ ।’

सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा सडकमा पैदलयात्रु मार्ग, पानी बग्ने पाइपलगायतका संरचना निर्माण गर्ने उल्लेख थियो । सडकको चौडाइ बढाउन नसकिएकाले ती संरचनाको निर्माण नहुने श्रेष्ठको भनाइ छ ।

केहीवर्ष पहिले सातदोबाटो–खुमलटार सडक पनि संरचना भत्काएर मापदण्डानुसार निर्माण भएको थियो ।

खुमलटारदेखि ढोलाहिटिसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । आयोजनाले टाखेलदेखि लेलेसम्मको वन क्षेत्रमा भने मापण्डानुसार नै सडक निर्माण अघि बढाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : २० बजे

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको