होर्डिङ बोर्ड हटाउने काममा तीव्र « Khabarhub

होर्डिङ बोर्ड हटाउने काममा तीव्र


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई काठमाडौँ महानगरपालिकाले हटाउने कामलाई तिव्रता दिइरहेको छ ।

महानगरले मंगलवार १ सय ९२ ओटा अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड र बोर्ड हटाएको नगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार बानेश्वर, अन्तराष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, नयाँ बानेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर महानगरपालिकाले बोर्ड र ठूला होर्डिङबोर्ड हटाउने कामलाई तिव्रता दिएको छ । बानेश्वरमा दुई ओटा ठूलो होर्डिङबोर्ड हटाएको छ ।

सापकोटाले अहिले मुख्य गरेर भीआईपीहरुको ओहोर–दोहोर हुने क्षेत्रलाई केन्द्रित गरेर काम अघि बढाएको बताए। सोमबार पनि महानगरपालिकाले १ वटा ठूलो होर्डिङ्ग बोर्ड बानेश्वर बाट निकालेको थियो भने पोस्टर टास्ने २ जना लाई रु ९ हजार जरिमाना तिराएको थियो ।

त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनाधिकृत बोर्ड हरु विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूम सम्म ५० त्यसैगरी जमलबाट लैनचौरसम्म २५ बोर्ड हटाएको थियो । टेकु पुल बाट कालीमाटीसम्म ११ वटा गरी कुल १ सय तीन ओटा बोर्ड हटाएको सापकोटाले जानकारी दिए।

सफा, स्वच्छ र सुन्दर सहर बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होर्डिङ्बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतलाई महानगरले हटाउने प्रक्रिया सुरु गरेको सापकोटाको भनाई छ ।

सुरुका दिन महानगरपालिकाले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका चार ओटा ठूला होर्डिङ्बोर्ड हटाएको थियो । पहिलो दिन महानगरपालिकाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको थियो । पहिलो दिन विभिन्न व्यक्ति र संस्थालाई मात्रै महानगरपालिकाले ५८ हजार जरिमाना तिराएको थियो ।

‘नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हामीले सहर सुन्दर बनाउने अभियानलाई तिव्रता दिन यो अभियान चलाएका हौँ,’ सापकोटाले भने, ‘काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो । हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं ।’

उनले महानगरले २०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्ने पनि प्रतिवद्धता व्यक्त गरे।

होर्डिङबोर्ड हटाउने काममा ढिला–सुस्ती नहोस् : मेयर

काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग केही दिन अघि छलफल गर्दै मेयर विद्यासुन्दर शाक्यले सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिला–सुस्ती नगर्न निर्देशन दिएका छन् ।

‘सहरलाई नै कुरुप बनाउने गरी राखिएका होर्डिङबोर्डका कारण हामीले पनि धेरै गुनासो सुन्नु परेको छ,’ उनले भने, ‘तपाईले होर्डिङ् राख्न सहमति दिनुभएको भए जिम्मेवारी लिनोस् । होइन भने सबै हटाउनोस् । शुल्क लिएर राख्न दिएको भए, पैसा फिर्ता गर्नोस् र बोर्ड हटाउनोस् । तर, हटाउने काममा ढला–सुस्ती हुनुभएन ।’

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ४९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु