अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा « Khabarhub

अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा नरहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैँ राजीनामा दिएर आन्दोलनमा उत्रने बताए ।

उनले अहिलेको पत्रकारिता देखेर कहिलेकाहीँ आफूलाई राजीनामा दिएर बस्न झोक चल्ने गरेको टिप्पणी गर्दै उनले आफूलाई मिडियासँग बोल्न नै मन लाग्न छाडेको बताए। मन्त्री बाँस्कोटाले भने, “एउटा कुराभन्दा, पूर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हाबी भएको छ, म पनि वर्षौंसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।”

सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले भने, “अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ, अब कमिसन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण बन्नुपर्छ ।”

मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने बताउँदै आफू मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पु¥याउने उद्देश्य लिएको बताए ।

शङ्काको भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै गल्ती गर्नेलाई पनि छाड्न नहुने उनको तर्क थियो । अहिले प्रेस स्वतन्त्रता कुण्ठित हुन थाल्यो भनेर सरकारलाई औँला ठड्याउँदा भोलि पत्रकारिताप्रतिको विश्वास नगुमोस् भन्दै मन्त्री बाँस्कोटाले पत्रकारिता अझै विश्वासनीय र खोजमूलक बन्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ४० बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन