नविल बैंकले ३४ प्रतिशत लाभांश दिने « Khabarhub

नविल बैंकले ३४ प्रतिशत लाभांश दिने


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नविल बैंकको वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८४८ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पुग्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए । त्यस्तै शेयरधनीहरुले बैंकले नगद लाभांश भन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै समस्या नरहेको बताए । नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : ५३ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने