विज्ञापन ऐनविरुद्ध सर्वोच्चमा रिट | Khabarhub Khabarhub

विज्ञापन ऐनविरुद्ध सर्वोच्चमा रिट


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को दुवै सदनबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई आज संवैधानिक इजलासमा दायर गरेको रिट निवेदनमा दुवै सदनबाट पारित भएको विज्ञापन ऐनले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गरेको उल्लेख गर्दै ऐन कार्यान्वयन नगर्न माग गरिएको छ ।

राष्ट्रपतिबाट २०७६ कात्तिक ८ गते प्रमाणीकरण भई लागू भइसकेको ऐनले संविधान प्रदत्त हक अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हकसमेत कुण्ठित गरेको रिट निवेदकमा उल्लेख छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनको दफा ८ को उपदफा १ र २ को खास समय निर्धारण गर्न सक्ने, दफा १५ उपदफा ‘ख’ को सञ्चारमाध्यमबाट प्रसारण गरिने सामग्रीको परीक्षण गर्न तोकिएका आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षतः विज्ञापनमा पूर्वप्रतिबन्ध लगाएको निवेदनमा उल्लेख छ ।

ऐनको दफा २३ (४) मा उपदफा (३) बमोजिमको मापदण्ड पालना नगरिए रु एक लाखसम्म जरिवाना गरिने र उपदफा (५) मा यस ऐनअन्तर्गत बन्ने नियमावलीबमोजिम प्रदेश सरकारले नियमनको व्यवस्था निर्धारण गराउने व्यवस्थासमेत बदर गर्नुपर्ने माग छ ।

निवेदनमा ऐनको दफा २४ मा भएको छापा तथा विद्युतीय सञ्चारमाध्यमको विज्ञापनको अनुगमन र नियमन स्थानीय तहले गर्न पाउने व्यवस्थालाई असंवैधानिक भएको उल्लेख छ । दफा २५ को उपदफा (४) मा स्पष्ट रुपमा कुनै सम्पादकले समेत ऐनको उल्लिखित व्यवस्थाको प्रतिकूल हुने गरी कुनै कुरा प्रकाशन गरेमा सजायको भागिदार हुने व्यवस्थालाई बदरको माग गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ०१ बजे

वीरेन्द्रनगरको एक होटेलमा आगलागी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–६ बीचबजारमा आगलागी भएको छ । वीरेन्द्रनगर बजारको

चरेससहित पर्सामा तीन जना पक्राउ

 पर्सा– पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ

पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य

 भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ

काठमाडौं– नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस

मुलुकभित्रै रोजगारी सृजना गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न