दुई दिनमा ९३ छाउगोठ भत्काइए « Khabarhub

दुई दिनमा ९३ छाउगोठ भत्काइए


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।

जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ भत्काइएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षेत्रिले जानकारी दिए ।

प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको संयुक्त टोलीले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सोमबारबाट गोठ भत्काउने अभियान थालेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार आठबीस २०, चामुण्डाबिन्द्रासैनीमा ४६ र अन्य विभिन्न स्थानीय तहमा २७ छाउगोठ मङ्गलबार साँझसम्म भत्काइएको छ ।

सोमबार र मङ्गलबार विभिन्न स्थानमा खटिएका प्रहरीको टोलीले छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छाउगोठ भत्काएपछि कतिपय महिला अहिले पनि गाई वा भैँसी गोठमा बस्ने गरेका भन्ने जानकारी प्राप्त भएकाले यसको पुनः अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्ने बताए ।

कुलदेवता मुख्य समस्या

जिल्लामा विकराल समस्या बन्दै गएको छाउपडी प्रथाको मूल जरो भनेको कुलदेवता रहेको र कुलदेवताले घरभित्र पस्न नदिने भन्ने प्रचलनका कारण डर मानेर अधिकांश महिला असुरक्षित रुपमा छाउ बार्नुपर्ने बाध्यतामा छन् ।

स्थानीय जानकार दीर्घराज अधिकारीले भने, “सुरक्षित वा असुरक्षित रुपमा छाउ बार्नुपर्ने समस्या दैलेखमा ८० प्रतिशतभन्दा बढी छ, हरेक वर्ष कुलपूजा गर्दा वा धामी बस्दा धामीले छुई नबारेकाले देउता रिसाएको भन्दै आरोप लगाउने प्रचलन विगत सयौँ वर्षदेखि चल्दै आएको छ ।”

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ४५ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु