राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले गरे इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा « Khabarhub

राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले गरे इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् ।

इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेकाे बताएका हुन् ।

इरानले अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणबाट अमेरिकी सेनातर्फ कोही हताहती नभएकाे समेत उनले बताए ।

उनले सम्बोधनका क्रममा भने, ‘अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भएको छैन। हाम्रो तर्फ कसैको मृत्यु  पनि भएको छैन। हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। शिविरमा केही क्षति मात्र भएको हो ।’

सम्बोधनका क्रममा ट्रम्पले आफू राष्ट्रपति रहुञ्जेल इरानलाई आणविक अस्त्र प्रयोग गर्न नदिने पनि बताए ।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर इरानी सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गरेका हुन् ।

अमेरिकी कारबाहीमा आफ्ना सैनिक कमाण्डर मारिएपछि इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइल हमला गरेको थियो। उक्त हमलामा कोही हताहती नभएको अमेरिकाले दाबी गरे पनि इरानले भने ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको थियो ।

यसअघि आजै इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

यो पनि पढ्नुहोस्

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ५० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६