नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो « Khabarhub

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । 

यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ ।

क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गरेका हुन् ।

क्यानडाको राष्ट्रिय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोषमा आबद्धतासँगै क्यानडाले १० करोड क्यानडेली डलरभन्दा बढी (करिब सात करोड अमेरिकी डलर) योगदान गर्नेछ । उक्त रकमबाट कोषले क्यानडाका स्टार्टअप कम्पनी तथा विभिन्न लगानी कोषमा लगानी गर्न सक्नेछ ।

मन्त्रालयका अनुसार क्यानडाको सहभागिताले त्यहाँका रक्षा प्रविधि क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई एक अर्ब युरोभन्दा बढी (करिब एक अर्ब १० करोड अमेरिकी डलर) लगानीयोग्य पुँजीमा पहुँच उपलब्ध गराउनेछ ।

यसले क्यानडाका रक्षा प्रविधि विकासकर्ता तथा उद्यमीहरूलाई लगानीका नयाँ अवसर प्रदान गर्नुका साथै युरोपेली नेटो सदस्य राष्ट्रहरूसँग रक्षा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्यानडाको सहभागिताले नेटोअन्तर्गत रक्षा प्रविधि, नवप्रवर्तन र रणनीतिक लगानीमा अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ । रासस

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १० : ०७ बजे

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

ओटावा– क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष

मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली ।

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै

बाढी प्रभावित बालबालिकाका लागि सञ्चालित अस्थायी विद्यालयको निरीक्षणमा निस्किन मन्त्री वादी

ललितपुर– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ– मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर– जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन तथा विस्तार गर्ने