माछापालनमा रमाउँदै जनप्रतिनिधि « Khabarhub

माछापालनमा रमाउँदै जनप्रतिनिधि


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा २० लाख बढी आम्दानी गर्दै आएका छन् ।

उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा छन् । उनी निर्वाचित वडासदस्य हुन ।

उनको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । वार्षिक रु एक करोड बढी खर्च हुने उनले बताए । उनले भने, ‘तर २० लाख बढी आम्दानी हुँदैन ।’

वार्षिकरुपमा ३ सय क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ । उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ । व्यावसायिक माछापालनमा तालिम समेत लिएर उनले सातवर्ष अगाडि व्यवसाय शुरुआत गरेका थिए ।

उनको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन् । उनले भने, ‘माछापालनलाई व्यावसायिकरुपमा गरिए गतिलो आम्दानी लिन सकिन्छ।’

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ३६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा