हेर्नै पर्ने उत्कृष्ट १७ फोटो, जसले जीते यो वर्षको अवार्ड | Khabarhub Khabarhub

हेर्नै पर्ने उत्कृष्ट १७ फोटो, जसले जीते यो वर्षको अवार्ड


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फोटो पत्रकार क्लबले यो वर्षको नेपाल फोटो प्रतियोगिता २०७६ का विभिन्न अवार्ड जित्ने फोटोको घोषणा छ।

घोषणा अनुसार वर्षको सर्वोत्कृष्ट फोटोसहित १ लाख रुपैयाँ नगद नभेष चित्रकारले जितेका छन्।

अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम गर्दै आएका नभेषले १ लाख रुपैयाँ जितेका हुन ।

चित्रकारले खिचेको हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु अघि हात हल्लाउँदै गरेको भावनात्मक फोटो सर्वोत्कृष्ट भयो ।

फोटो अफ दी इयरः नभेष चित्रकारले रोयटर्सका लागि खिचेको तस्वीर दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु अघि हात हल्लाउँदै ।

विभिन्न विधामध्ये पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ जितेका छन ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा सदस्य रहेका छन।

प्रतियोगितामा सबै विधामध्ये समग्रमा पहिलो फोटो । तस्वीर : सुरज श्रेष्ठ

निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीका लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश विभिन्न विधामा ७ सय १५ व्यावसायीक र एमेच्योर फोटोग्राफर सहभागी भएका थिए।

जहाँ पुरस्कार जीत्ने उत्कृष्ट केही फोटोहरु यस्ता छन ।

संस्कृति र पर्यटन विधामा पहिलो, भक्तपुरको बिस्केट जात्रा । तस्वीरः सुबिर थापा
संस्कृति र पर्यटन विधामा दोस्रो, वसन्तपुरमा रथ तान्दै गरेका बालवालिका । तस्वीरः सुलभभक्त श्रेष्ठ
दैनिक जीवन विधामा पहिलो, कुपन्डोलमा खिचेको बंगलादेशी आप्रवासी बच्चा । तस्वीरः गोपेन राई
दैनिक जीवन विधामा दोस्रो, अछामको एक स्कूलमा बिहानी प्रार्थनामा विद्यार्थी । तस्वीरः रोबिक उपाध्यायले
दैनिक जीवन विधामा तेस्रो, पाटनको मंगलबारमा बदाम बेचिरहेकी महिला । तस्वीरः सुरज ताम्राकार
समाचार विधामा पहिलो, प्रहरीबिरुद्ध जाइलागेकी महिला । तस्वीरः दीपेन श्रेष्ठ
समाचार विधामा दोस्रो, बाराको फेटा गाउँपालिका ६ स्थित पुरैनियामा एक महिला पढेर आएका आफनो सन्तानलाई अंकमाल गरेर विलौना गर्दै । तस्वीरः इलिट जोशी
समाचार विधामा तेस्रो, निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्नुपर्ने माग राखी गरिएको प्रदर्शन । तस्वीरः केशव थापा
प्रकृति र बन्यजन्तु विधामा पहिलो, कमलको पातमा बसिरहेको भ्यागुतो । तस्वीरः नभेष चित्रकार
प्रकृति र बन्यजन्तु विधामा दोस्रो, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिकास्थित जलजलेमा डोरीमा झुन्डिएर मह निकाल्दै एक व्यक्ती । तस्वीरः दिपेन श्रेष्ठले
प्रकृति र बन्यजन्तु विधामा तेस्रो, पातमा बसेको फट्यांग्रो । तस्वीरःदिपक बुढाथोकी
खेलकुद बिधामा पहिलो, साग गेम्सका क्रममा नेपालका खेलाडी सनिल शाहीले भारतको खेलाडीलाई मुक्का प्रहार गर्दै । तस्वीरः . विकास द्वारे
खेलकुद बिधामा दोस्रो, साग गेम्समा स्वर्ण जित्ने कराते खेलाडी सुनीता महर्जनले पितालाई अङ्गाल्दै । तस्वीरः सुनीता डंगोलले
खेलकुद बिधामा तेस्रो, ढो जात्रामा महिला र पुरुषबीचको डोरी तानातान । तस्वीरः दिनेश गोले

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : ५२ बजे

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०