नेपालको कमजोर ब्याटिङमा डेब्यु खेलाडी कुशलको मल्हम ! « Khabarhub

नेपालको कमजोर ब्याटिङमा डेब्यु खेलाडी कुशलको मल्हम !


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कमजोर ब्याटिङ शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा २६ ओभर ५ विकेट गुमाएर ९३ रन बनाएको छ ।

यसअघि नेपालले महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी पवेलियन फर्किएका छन् ।

कप्तान मल्ल २१ रनमा खड्का १९ रनमा, सुवास ३ रनमा, आरिफ २ रनमा आउट हुँदा उपकप्तान ऐरी शून्यमै आउट भए ।

क्रिजमा रहेका कुसल मल्ल र विनोद भण्डारीले नेपालको ब्याटिङ माथि उकास्ने प्रयास गरिरहेका छन् ।

जसमा मल्लले २५ रनमा खेलिरहँदा विनोद भण्डारी ७ रनमा खेलिरहेका छन् ।

अमेरिकाले टस जितेपछि घरेलु टोलीविरुद्ध पहिलो फिल्डिङ रोजेको थियो । कसिलो बलिङ गरिरहेको अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र क्यामरुन स्टेभेन्सनले समान २–२ विकेट लिए भने रस्टी थेरमले एक विकेट लिएका थिए ।

लिग २ आईसीसी विश्वकप क्रिकेट २०२३ को रोडम्याप समेत हो । लिग २ मा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने घरेलु मैदानबाट शृङ्खला शूरु गरेको नेपालले अंक तालिकामा खाता खोल्न सकेको छैन् । शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आजको खेलमा जीतको खोजिमा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : ४६ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको