काउन्सिलर पदका लागि मतदान शुरु | Khabarhub Khabarhub

काउन्सिलर पदका लागि मतदान शुरु


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ ।

सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए ।

काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन् । काठमाडौँको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ । देशभर निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन् ।

वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धा छन् ।

प्रत्येक प्रदेशबाट एक/एकजनाका काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई/दुई जना गरी चौधले उम्मेदवारी दिएका छन् । प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीको उम्मेवारी दिएका छन् ।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ । ती काउन्सिलको कार्यकाल पाँच वर्षको हुनेछ ।

परिषद्मा १३ को हुनेछ । महान्यायाधिवक्ता अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एक/एक जना पाषद् सदस्य गरी सात जना बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् रहने कानूनी व्यवस्था छ ।

परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : १९ बजे

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण

आजका समाचार : च्यासलमा ओली-भण्डारी वार्ता, एमाले ‘कुलिङ पिरियड’विरुद्ध जाँदा शेखरको आक्रोश र सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री एवम् नेकपा एमालेका

जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । साँझ