विनोद र कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य « Khabarhub

विनोद र कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपाली क्रिकेट टोलीले अमेरिकासामू १सय९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा टस होरेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको हो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

जसमा कुशल र विनोद नेपालका लागि अर्धशतक पुरा गर्ने क्रमशः सातौं र आठौं खेलाडी बने ।

कमजोर ब्याटिङ शुरुवात गरेको नेपाल ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । तर, नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु अवसर पाएका कुसल मल्ल र विनोद भण्डारीको जोडिले उत्कृष्ट ब्याटिङ साझेदारी गरे । भण्डारी र कुशलबीच ८४ रनको साझेदारी पारी खेलेका थिए ।

जसमा भण्डारीले ७९ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका थिए । एकदिवसिय क्रिकेटमा उनको अहिलेसम्मकै धेरै रन अमेरिकाविरुद्ध बनाएको ५९ रन नै हो ।

नेपालका लागि एकदिवसिय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेरका कुशलले कीर्तिमानी अर्धशतकसहित ५१ रन बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाउँदै एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बने । उनले १५ बर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएका हुन् ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ रन, सुशन भारी ७ रन बनाएका थिए ।

नेपालविरुद्ध अमेरिकाका क्यामेरन स्टेभेन्सनले तीन विकेट लिँदै नेपाली ब्याटिङ कमजोर बनाए भने सौरभ नेत्रभाल्कर र र रस्टी थेरनले समान दुई–दुई विकेट लिए । करिमा गोरे र एल्मोर हचिन्सन र इहान होल्यान्डले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १ : ३८ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा