नेपाललाई सफलता, ७५ रन बनाएका हल्याण्ड आउट « Khabarhub

नेपाललाई सफलता, ७५ रन बनाएका हल्याण्ड आउट


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोलीको ब्याटिङ कमजोर बनेको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ४१ औं ओभरमा अमेरिकाले ९ विकेट गुमाएर १ सय४४ रन बनाएको छ ।

४१ औं ओभरको तेस्रो बलमा नेपालका करण केसीले नेपालका लागि नवौं विकेट लिएका हुन् । करणले इआन हल्यान्डलाई ७५ रनमा विनोद भण्डारीमार्फत क्याच आउट गराए ।

योसँगै करणले व्यक्तिगत ३ विकेट लिएका छन् । शृङ्खलामा उनको विकेट संख्या ७ पुगेको छ । यसअघि नेपालका लागि सुशन भारीले ३ सन्दीप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिएका थिए । अमेरिकाविरुद्ध नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ४ : ५० बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको