फेसबुककै ट्विटर र इन्स्टाग्राम ह्याक भएपछि... | Khabarhub Khabarhub

फेसबुककै ट्विटर र इन्स्टाग्राम ह्याक भएपछि…


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबुकका सामाजिक सञ्जाल खाताहरू ह्याक भएका छन् । ह्याकरहरुले केहीबेर फेसबुकका सामाजिक सञ्जाल खाताहरु केही बेर आफ्नो नियन्त्रणमा लिएका थिए ।

ह्याकिङ समूह आवरमाइनले ‘फेसबुक पनि ह्याक गर्न सकिन्छ’ भन्ने सन्देश फेसबुकको आधिकारिक ट्विटर र इन्स्टाग्राममा पोष्ट गरेका थिए । तर यी खाताहरु अहिले भने सञ्चालन भएका छन् ।

आवरमाइनले उसको आक्रमण साइबर कमजोरी प्रष्ट देखाइदिने प्रयत्न भएको बताएको दाबी गरेको छ ।

गत जनवरीमा उसले यूए न्याशनल फुटबल लिगका एक दर्जनभन्दा बढी खाताहरू आफ्नो नियन्त्रणमा लिएको थियो। उक्त समूहले फेसबुकको ट्वीटर ह्यान्डलमा लेखेको थियो, “हेलो, हामी आवरमाइन हौँ। फेसबुक पनि ह्याक गर्न सकिन्छ तर कम्तीमा फेसबुकको सुरक्षा व्यवस्था ट्वीटरको भन्दा राम्रो छ।”

ट्विटरले फेसबुकको इन्स्टाग्राम खाता र मेसेन्जर खाता आफ्नो नियन्त्रणमा लिएर आवरमाइनको लोगोको फोटो पोष्ट गरिदिएको थियो।

फेसबुकको आफ्नै वेबसाइट भने ह्याक गरिएको थिएन ।

ट्विटरले तेश्रो पार्टीले ह्याक गरेको पुष्टि गरेको छ र त्यसबारे थाहा पाएपछि प्रभावित खाताहरू बन्द गरिएको जनाएको छ।

“त्यस्तो भएको जानकारी पाएपछि हामीले समस्यामा परेका खाताहरू बन्द गर्‍यौँ र फेसबुकस्थित हाम्रा सहकर्मीहरूसँग तिनलाई यथास्थितिमा पुर्‍याउन काम गरिरहेका छौँ,” ट्विटरले एउटा विज्ञप्तिमा भनेको छ।

फेसबुकमा भएको आक्रमण यसअघि न्याशनल फुटबल लिगमा जस्तै रहेको ठानिएको छ। यी खाताहरूमा खोरोज भनिने तेस्रो समूहमार्फत पुगिएको जस्तो देखिन्छ।

खोरोज भनेको व्यापारिक समूहले सामाजिक सञ्जालमा आदानप्रदान गर्ने सन्देशका लागि प्रयोग गरिने एउटा माध्यम हो।
यस्ता माध्यमहरूको उनका उपभोक्ताका लगईन सूचना र पासवर्डहरूमा पहुँच हुन्छ। बीबीसीले प्रतिक्रिया माग्दा खोरोजले कुनै प्रतिक्रिया जनाएन।

आवरमाइन भनेको दुबइमा रहेको ह्याकिङ समूह हो, जसले यसअघि पनि विभिन्न समूह र उच्चपदस्थ व्यक्तिका खाता ह्याक गरेको थियो।

उक्त समूह ट्विटर संस्थापक ज्याक डर्सी र गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईका सामाजिक सञ्जाल खातामा पनि पुगेको थियो।

त्यसैगरी नेटफ्लिक्स र ईएसपीएनका कर्पोरेट खातामा पनि पुगेको थियो।

यो समूहले सुरक्षा व्यवस्थामा रहेको कमजोरी देखाउने आफ्नो आक्रमणको उद्देश्य रहेको बताउँछ।

यसले पीडितहरूलाई सुरक्षा व्यवस्था बलियो बनाउन आफ्ना सेवा लिन पनि आग्रह गर्छ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ५ : ५४ बजे

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका