राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको छः प्रचण्ड « Khabarhub

राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको छः प्रचण्ड


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको राजधानी सार्न सकिने बताएका छन् ।

शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको बताए ।

प्रचण्डले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण मात्र गरेको स्पष्ट गरे ।

‘पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो प्रदेश नाम राख्न र राजधानी तोक्न तपाईंहरुले सहयोग गरिदिनु पर्‍यो भन्यो भने पार्टी नेतृत्वसमक्ष तोक्नुपर्ने नैतिक जिम्मेवारी आउँदो रहेछ’, उनले भने, ‘हामी सकेसम्म हाम्ले तोक्न नपरोस् भन्ने चाहन्थ्यौँ।’

उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको भएपनि तीन नम्बरमा आफूहरुले सहजीकरण गरेको नुवाकोट बासीसँग बताए ।

‘कर्णाली हाम्ले तोकेको होइन्, सुर्खेत राजधानी हाम्ले तोकेको होइन्, सुदूरपश्चिम नाम र गोदावारी राजधानी र गण्डकी नाम र पोखरा राजधानी हाम्ले तोकेको होइन्’, उनले भने, ‘यहाँ पनि प्रदेशले नै तोकोस् भन्ने हाम्रो चाहना थियो। तर प्रदेशको पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो अलि जटिल भयो, टुंग्याइदिनु पर्‍यो भनेपछि हामीले सहजीकरण गरेको हो।’ उनले धेरै जनप्रतिनिधिलाई नराम्रो लागे पनि विकल्प नभएका कारण आफूहरुले तोकेको बताए।

उनले केन्द्रीय राजधानी (काठमाडौं) सार्ने कुरा आएको विषयमा राजनीतिक नेतृत्वमा छलफल भएको र अहिले पनि छलफल जारी रहेको बताए ।

‘केन्द्रीय राजधानीको कुरा डा हर्कबहादुर गुरुङको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रीय राजधानी सार्ने कुरामा छलफल भएको छ । भइनै रहेको छ’ प्रचण्डले भने,‘केन्द्रको राजधानी त छलफलको विषय बन्न सक्छ भने भोलि प्रदेशको राजधानीको विषय सजिलै छलफलको विषय बन्न सक्छ । ’

भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन थालेको र एकचोटि टुंगिइसकेको ठाउँ यताउता गर्दा देशैभरि फेरि अराजकता फैलिने हो कि भनेर अहिले जहाँ तोकिएको छ त्यही राँखौं भन्ने भएको उनले बताए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : १५ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो