राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको छः प्रचण्ड « Khabarhub

राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको छः प्रचण्ड


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको राजधानी सार्न सकिने बताएका छन् ।

शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको बताए ।

प्रचण्डले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण मात्र गरेको स्पष्ट गरे ।

‘पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो प्रदेश नाम राख्न र राजधानी तोक्न तपाईंहरुले सहयोग गरिदिनु पर्‍यो भन्यो भने पार्टी नेतृत्वसमक्ष तोक्नुपर्ने नैतिक जिम्मेवारी आउँदो रहेछ’, उनले भने, ‘हामी सकेसम्म हाम्ले तोक्न नपरोस् भन्ने चाहन्थ्यौँ।’

उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको भएपनि तीन नम्बरमा आफूहरुले सहजीकरण गरेको नुवाकोट बासीसँग बताए ।

‘कर्णाली हाम्ले तोकेको होइन्, सुर्खेत राजधानी हाम्ले तोकेको होइन्, सुदूरपश्चिम नाम र गोदावारी राजधानी र गण्डकी नाम र पोखरा राजधानी हाम्ले तोकेको होइन्’, उनले भने, ‘यहाँ पनि प्रदेशले नै तोकोस् भन्ने हाम्रो चाहना थियो। तर प्रदेशको पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो अलि जटिल भयो, टुंग्याइदिनु पर्‍यो भनेपछि हामीले सहजीकरण गरेको हो।’ उनले धेरै जनप्रतिनिधिलाई नराम्रो लागे पनि विकल्प नभएका कारण आफूहरुले तोकेको बताए।

उनले केन्द्रीय राजधानी (काठमाडौं) सार्ने कुरा आएको विषयमा राजनीतिक नेतृत्वमा छलफल भएको र अहिले पनि छलफल जारी रहेको बताए ।

‘केन्द्रीय राजधानीको कुरा डा हर्कबहादुर गुरुङको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रीय राजधानी सार्ने कुरामा छलफल भएको छ । भइनै रहेको छ’ प्रचण्डले भने,‘केन्द्रको राजधानी त छलफलको विषय बन्न सक्छ भने भोलि प्रदेशको राजधानीको विषय सजिलै छलफलको विषय बन्न सक्छ । ’

भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन थालेको र एकचोटि टुंगिइसकेको ठाउँ यताउता गर्दा देशैभरि फेरि अराजकता फैलिने हो कि भनेर अहिले जहाँ तोकिएको छ त्यही राँखौं भन्ने भएको उनले बताए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : १५ बजे

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई