आइफोन बनाउने कम्पनीले अब कोरोना भाइरस प्रतिरोधी मास्क उत्पादन गर्ने « Khabarhub

आइफोन बनाउने कम्पनीले अब कोरोना भाइरस प्रतिरोधी मास्क उत्पादन गर्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइवान– आइफोनसहित अत्याधुनिक प्राविधिक उपकरण बनाउँदै आएको ताइवानको कम्पनी फक्सकनले अब मास्कको उत्पादन थाल्ने भएको छ ।

चीनमा प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ७ सयभन्दा धेरैको ज्यान गएको र अरु हजारौं संक्रमित भएको अवस्थामा फक्सकनले औद्योगिक स्तरमा कोरोना भाइरस प्रतिरोधी मास्कको उत्पादन गर्न लागेको जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल विच्याटमार्फत् विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ ।

विज्ञप्तिमा कम्पनीले चीनको सेन्जेन शहरमा मास्क उत्पादनको परीक्षण उत्पादन शुरु गरिसकिएको र केही समयभित्रै यसको पूर्णस्तरमा उत्पादन शुरु गरिने उल्लेख छ ।

कोरोनाभाइरसको महामारी फैलिरहेका कारण विश्वभर मास्कको अभाव हुन थालेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेसँगै फक्सकनले मास्कको उत्पादन थाल्ने बताएको हो । यसअघि अमेरिकाको प्राविधिक उपकरण निर्माता कम्पनी जनरल इलेक्ट्रोनिक्सले पनि मास्कको उत्पादन गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ५३ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको