सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ : मन्त्री अर्याल | Khabarhub Khabarhub

सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ : मन्त्री अर्याल


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याएकी छिन् ।

स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताइन् । ‘त्यसको शुरुआत स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ । सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो’, मन्त्री अर्यालले भनिन् ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उनले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन् ।

शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो । उनले भनिन्, ‘ विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने सरकारको लक्ष्य हो ।’

यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जनप्रतिनिधिहरुलाई यो वा त्यो नभनिकन विकास निर्माणमा लाग्न निर्देशित गरिन् ।

निर्वाचनमा जुन पार्टीबाट चुनाव लडेपनि समग्र विकासका निम्ती एकजुट भएर लाग्न मन्त्री अर्यालले निर्देशन दिइन् । ‘अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दिर्घकालिन योजना बनाएर विकास निर्माणका काममा लाग्नुस्’, मन्त्री अर्यालले भनिन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : २० बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक