सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ : मन्त्री अर्याल « Khabarhub

सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ : मन्त्री अर्याल


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याएकी छिन् ।

स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताइन् । ‘त्यसको शुरुआत स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ । सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो’, मन्त्री अर्यालले भनिन् ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उनले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन् ।

शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो । उनले भनिन्, ‘ विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने सरकारको लक्ष्य हो ।’

यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जनप्रतिनिधिहरुलाई यो वा त्यो नभनिकन विकास निर्माणमा लाग्न निर्देशित गरिन् ।

निर्वाचनमा जुन पार्टीबाट चुनाव लडेपनि समग्र विकासका निम्ती एकजुट भएर लाग्न मन्त्री अर्यालले निर्देशन दिइन् । ‘अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दिर्घकालिन योजना बनाएर विकास निर्माणका काममा लाग्नुस्’, मन्त्री अर्यालले भनिन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : २० बजे

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई