ललिता निवास प्रकरणमा सरकारले राजनीतिक पूर्वाग्रह राख्यो : सिंह « Khabarhub

ललिता निवास प्रकरणमा सरकारले राजनीतिक पूर्वाग्रह राख्यो : सिंह


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकार राजनीतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

चितवनमा शनिबार पत्रकारसँग कुरा गर्दै सिंहले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए ।

उनले भने, ‘मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ।’

सिंहले अख्तियार सरकारबाट प्रभावित भएर जग्गा हुनेलाई कारवाही गर्न डराएको बता ए। तत्कालीन मन्त्री, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतीकै दोषी भएकाले उनीहरुलाई पनि कारवाही हुनुपर्ने माग सिंहले बताए ।

सिंहले यसैका लागि काँग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनीतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ३६ बजे

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

आज २०८२ साल पुस २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति