स्थानीय वायुको सामान्य प्रभाव : कस्तो रहनेछ आगामी तीन दिनको मौसम ? « Khabarhub

स्थानीय वायुको सामान्य प्रभाव : कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गर्दै विभागले आज मुलुकका पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली हुने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २५ गते (आइतबार)

दिउँसोः देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ। अपारान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावाना छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : ३० बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या