अपराधी पक्राउ गर्न प्रहरी थप सक्रिय हुनुपर्छ : महानिरीक्षक ज्ञवाली « Khabarhub

अपराधी पक्राउ गर्न प्रहरी थप सक्रिय हुनुपर्छ : महानिरीक्षक ज्ञवाली


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) ठाकुर प्रसाद ज्ञवालीले अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरमा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक ज्ञवालीले हुण्डी कारोबार, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरमा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका हुन् ।

महानिरीक्षक ज्ञवालीले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षसँग सहकार्य गर्नुपर्ने बताए ।  प्रमुख शहरी समस्याको रुपमा रहेको ट्राफिक जामको समस्यालाई तत्काल समाधान गर्ने गरी काम गर्नुपर्ने पनि उनको भनाइ थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले संगठनले लिएको लक्ष्य र उद्देश्यअनरुप सुरक्षा व्यवस्थापनमा सक्रिय हुनुपर्ने पनि बताए ।

सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित भएर सेवा प्रदान गर्नुपर्ने महानिरीक्षक ज्ञवालीको भनाइ थियो ।

उक्त अवसरमा बोल्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले प्राप्त निर्देशनहरु अक्षरसः पालना हुने बताए ।

डीआईजी पोखरेलले संगठनको लक्ष्य पूरा गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत सबै प्रहरी कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गर्नेमा पनि प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : १४ बजे

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ