कोरोनाको बहानामा ग्यास लगायत दैनिक उपभाेग्य सामानमा कालोबजारी  « Khabarhub

कोरोनाको बहानामा ग्यास लगायत दैनिक उपभाेग्य सामानमा कालोबजारी 


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट शुरू भएको  काेराेना भाइरस (काेभिड–१९)को संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै त्यसको असर विभिन्न क्षेत्रमा पर्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै एकातिर त्रास सिर्जना भएको छ भने अर्कोतिर नेपाली बजारमा कालाेबजारी मौलाएको छ ।

पछिल्लाे केही दिनयता मानिसहरु ग्यास बिक्री डिपो लगातय दैनिक उपभाेग गर्ने सामानकाे अग्रिम जोहो गर्न जुटेका छन् ।

‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल भनेको छ, ‘आयात नरोकिएर अभाव हुने कुनै सम्भावना छैन।’

तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँस लगायत दैनिक उपभाेग्य वस्तुमा कालोबजारी हुन थालेको पाइएको छ ।

भन्सार विभागले भने हालसम्म भारतबाट आयात हुने कुनै पनि दैनिक उपभाेग्य सामानमा राेक नलगाइएकाे जनाएको छ ।

फेब्रुअरी र मार्च महिनामा एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) भएर नेपाल आउने ट्रकको संख्यामा पनि कुनै भिन्नता नरहेकाे विभागले जनाएकाे छ।

विभागका एक कर्मचारीले भने,’ भारतबाट आयात हुने कुनै पनि दैनिक उपभाेग्य सामानमा भारतले कुनै पनि प्रकारकाे राेक लगाएकाे छैन् र आयातमा पनि कुनै कमी आएकाे छैन्।’

कोरोना भाइरसको सन्त्रासले व्यापारीहरूले सामानकाे कृतिम अभावकाे वातावरण बनाइरहेको उनले दाबी गरे ।

उनले भने, ‘अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको शिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो।’

विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन। तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्। सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्। १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन् ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्। अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’

बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिनाले बताए।

‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्,’ अध्यक्ष तिमल्सिनाले भने, ‘अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम शुरु भएको छ।’

कोरोनाको बहानामा फेरि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी हुन सक्ने संकेत पाएको सरकारले तीन महिनालाई पुग्ने खाद्यान्न, औषधि रहेको र अभाव हुन नदिने जनाइसकेको छ ।

सरकारले कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने भन्दै अनुगमनलाई तिव्रता दिएको जनाएको छ ।

बजारमा सामानको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु भएपछि नेपाल उद्योग वाणिज्य महासंघले बिक्री तथा वितरण प्रणाली पारदर्शी बनाउन आग्रह गरेको छ।

बजारमा औषधिको अभाव र मूल्यवृद्धि हुन नदिने नेपाल औषधि उत्पादक संघले जनाएको छ।

कोरोना भाइरसको सन्त्रासले उपभोक्ता आत्तिएर सामान स्टक गर्न थालेपछि अत्यावश्यक वस्तु मास्क, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थको व्यवस्थापन, बिक्री–वितरण र ढुवानी पारदर्शी गर्न र संयमित तथा जिम्मेवार बन्न संघले आग्रह गरेका हो।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ७ : १८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच