भारतबाट १० बालकको उद्धार गरी अभिभावकको जिम्मा « Khabarhub

भारतबाट १० बालकको उद्धार गरी अभिभावकको जिम्मा


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदूरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिरहा प्रहरीको समन्वयमा अभिभावकलाई जिम्मा लगाएका छन् ।

भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका–२ निवासी १४ वर्षीय रमानन्दकुमार दास, १४ वर्षीय हेमनारायण दास, नवराजपुर गाउँपालिका–४ निवासी १४ वर्षीय भगवतीकुमार मण्डल, सोही ठाउँका १० वर्षीय सन्तोष मण्डल, ११ वर्षीय रोशनकुमार मण्डल, १३ वर्षीय सुनिलकुमार मण्डल, १५ वर्षीय इन्द्रजित मण्डल, १६ वर्षीय वीरेन्द्र महरा, १७ वर्षीय शैलेन्द्रकुमार राम र १४ वर्षीय सुरेशकुमार रामलाई प्रहरीले अभिभावकको जिम्मा लगाइएको हो ।

मजदूरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका–१७ माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बालकलाई अब उप्रान्त घर छोडेर नहिँड्ने र शिक्षामा जोड दिनेसँगै अभिभावकले पनि बालबालिकाको पालनपोषण रेखदेख गर्ने प्रतिबद्धता गराई कानूनबमोजिम जिम्मा लगाएको जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ८ : ११ बजे

बिजुलीका पोलबाट इन्टरनेटका तार हटाउन प्राधिकरणको आग्रह

दाङ – तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय

’संवैधानिक परिषद् खारेज गर्नुपर्छ’

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्न थालेको लामो समय भइसकेको छ