अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना « Khabarhub

अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ ।

लकडाउन शुरु भएको पाँचौँ दिनदेखि अत्यावश्यकीय सेवामा क्रियाशील २८० लाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको रेष्टुराँका सञ्चालक आलोक योञ्जनले जानकारी दिए ।

रेष्टुराँले १८० प्रहरी, कोभिडको उपचार केन्द्र टेकु अस्पताल र प्रयोगशाला रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कार्यरत ६० चिकित्सक, कोभिडसम्बन्धी जानकारी लिने र दिन सरकारले बनाएको निःशुल्क टेलिफोन सेवामा क्रियाशील चिकित्सक १२ र कोभिडको आशङ्का लागेका बिरामी बोक्न सरकारले तयार पारेको २५ एम्बुलेन्सका चालकलाई खाना खुवाउँदै आएको छ ।

देशमा आइपरेको विपद्का बेला त्यतिकै घरमा बस्नुभन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने भावनाका साथ खाना खुवाउँदै आएको सञ्चालक योञ्जनले बताए ।

शुरुमा एक साताका लागि मात्र खाना खुवाउने सोचका साथ अगाडि बढे पनि लकडाउन बढ्दै गएकाले रेष्टुराँको सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्दै थपिएमा लकडाउन अवधिभर खाना खुवाउने रेष्टुराँले जनाएको छ ।

डल्लेले सुरक्षाकर्मी र चिकित्सकसहित दुःख र समस्यामा परेकालाई पनि खाना खुवाउँदै आएको छ । डल्लेको हालसम्म नौवटा आउटलेट सञ्चालनमा छ । यसअघि विसं २०७२ को भूकम्पको बेलामा यसले पनि निःशुल्क खाना खुवाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २२ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत