चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ « Khabarhub

चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको विज्ञहरुले बताएका छन् ।

शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाकोबीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा.माधवप्रसाद पाण्डेयले भने, ‘यो राम्रो योग होइन, अहिले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिएको छ, यस्तो योग दुर्लभप्रायः हुन्छ ।’

वेदका छ अङ्गमध्येको एक ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिन्छ तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ ।

सूक्ष्म रुपमा हुननसकेको यसको अध्येताको स्वीकारोक्ति छ । ज्योतिषविद् डा.खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापीरूपमा ठूला घटना भएको सुनाउछन्।

विसं २०४६ मा यस्तै योग भएका बेला रसिया टुक्रिएको र नेपालमा जनआन्दोलन भई प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो ।

चन्द्रमामा मङ्गलबार देखिएको दृश्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य चैत्र शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डलसमेत स्वच्छ भएकाले मङ्गलबार राति आकाशमा फरक दृश्य देखिएको बताउछन् ।

प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ ।

 

 

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ०० बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज