मास्क र पञ्जाबिनै काम गर्दै कपिलवस्तु र रुपन्देहीका प्रहरी « Khabarhub

मास्क र पञ्जाबिनै काम गर्दै कपिलवस्तु र रुपन्देहीका प्रहरी


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – जनताको सुरक्षाका लागि अहोरात्र परिचालित कपिलवस्तु र रुपन्देहीका प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।

लकडाउनका समयमा सीमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् ।

अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् ।

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् ।

जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ ।

कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाई सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपररुक्षक दीपशम्शेर जबरा बताउछन् ।

जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् ।

प्रहरी उपरीक्षक जबराले भने, ‘संक्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशनअनुसार खट्नुपरेको छ ।’

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ ।

रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ ।

सामग्रीको पर्खाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोतसाधन व्यवस्थापन गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उनले व्यक्त गरे ।

 

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : २३ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज