काठमाडौंका खाद्यान्न गोदाममा उद्योग मन्त्रीको अनुगमन « Khabarhub

काठमाडौंका खाद्यान्न गोदाममा उद्योग मन्त्रीको अनुगमन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले काठमाडौंको कुलेश्वर क्षेत्रमा रहेका खाद्य सामग्रीका गोदामहरुको स्थलगत निरीक्षण गरेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको अवधि बढाएसँगै खाद्य सामग्रीको अभाव हुन नदिन भन्दै मोज्दात खाद्यान्नबारे जानकारी लिन मन्त्री भट्ले मंगलबार खाद्यान्न गोदामको अनुगमन गरेका हुन् ।

मन्त्री भट्टले काठमाडौंको कुलेश्वर क्षेत्रका गोदामहरुको अनुगमन गरी नेपाल खाद्य किराना व्यवसायी संघसँग रहेको खाद्य सामग्रीको मौज्दातको अवस्थाबारे जानकारी लिएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा वैकुण्ठ अर्यालसँगै अनुमगनमा पुगेका मन्त्रीले मुलुक संकटमा परेका बेला व्यवसायीहरुले नाफा नहेरी सेवा भावका साथ काम गर्नुपर्ने बताए ।

उनले खाद्य सामग्रीको मौज्दातको अवस्था र सरकारका तर्फबाट गरिनुपर्ने प्रयासबारे व्यवसायीहरुको राय समेत माग गरेका थिए ।

व्यवसायीहरुले भने खाद्य सामग्रीको पर्याप्त मात्रामा मौज्दात रहेको र भारतबाट आयात हुने खालका खाद्य सामग्रीको पनि नियमित आपूर्ति भइरहेको जानकारी दिए ।

व्यवसायीहरुले ट्रक चालक तथा लोड अनलोड गर्ने मजदुरहरुका लागि पास व्यवस्था गरिदिन मन्त्रीसँग माग गरे ।

जवाफमा मन्त्री भट्टले खाद्य सामग्रीजस्तो अत्यावश्यक बस्तुको आपूर्ति तथा व्यवस्थापनमा काम गर्ने सबै मजदुरको पासको व्यवस्था गरिने बताए । यस्ता मजदुरहरुलाई गोदाम नजिकै खाने तथा बस्ने व्यवस्था मिलाउन पनि व्यवसायीहरुको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ४६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२