दूध बिक्रीवितरणमा रोक लगाएपछि किशान आक्रोशित « Khabarhub

दूध बिक्रीवितरणमा रोक लगाएपछि किशान आक्रोशित


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

साखु- शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् ।

कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुन थालेको छ ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दूध बिक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरको थियो । सो निर्णयका विरुद्ध अहिले वडाध्यक्षबाटै विरोध हुन थालको छ ।

शङ्खरापुर नगरपालिका–६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले किसानको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै दूध बिक्रीमा रोक लगाएर किसानलाई हतोत्साही बनाउने काम भएको बताए ।

यस्तो बेलामा सरकारले अत्यावश्यक वस्तुको रुपमा दूध व्यवसायलाई पनि बिनारोकतोक चल्न दिने निर्णय गरेको भए पनि नगरपालिकाले व्यवस्थित ढङ्गले ढुवानी गर्न दिने वातावरण मिलाउने भन्दा रोक्ने निर्णय गरेपछि आक्रोशित बन्नुपरेको किसानहरु बताउँछन् ।

नगरप्रमुख सुर्वण श्रेष्ठले भने स्थानीयवासीको सुरक्षा र मागलाई सम्बोधन गर्दै दूध बिक्रीमा रोक लगाउने निर्णय गरेको जानकारी दिए ।

यसरी दूध जस्तो अत्यावश्यकको वस्तुको रुपमा सरकारले रोकतोक नगर्ने निर्णय गरको भए पनि नगरपालिकाको उक्त निर्णयबाट साँखुका किसानहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १ : ५७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका