दोस्रो रात पनि आईसीयूमै रहे बेलायती प्रधानमन्त्री जोन्सन « Khabarhub

दोस्रो रात पनि आईसीयूमै रहे बेलायती प्रधानमन्त्री जोन्सन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– कोरोनाभाइरसको संक्रमणका कारण स्वास्थ्य समस्या बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ ।

समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन । मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उनी निकै उत्साहित रहेको बताएका थिए ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पेका छन् ।

कोरोना संक्रमण देखिएका प्रधानमन्त्री जोन्सनले आईसीयूमा दोस्रो रात बिताएका छन् । तर चिकित्सकहरुले भने उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन सक्छन् भन्ने विषयमा भने केही बताएका छैनन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ५९ बजे

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ