भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो « Khabarhub

भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ ।

आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश नं २ प्रहरीले सो सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेर त्यसको सङ्ख्या ३२९ बनाएको छ ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिए ।

यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उनले बताए ।  “प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो”, सूचना अधिकारी सुनारले भने, “अहिले त्यसलाई बढाएर ३२९ पु¥याएका छौँ । भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोष्ट बनाइएको हो ।”

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ४ : ०१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले