सांसद प्रभु साहद्वारा आफ्नो क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान « Khabarhub

सांसद प्रभु साहद्वारा आफ्नो क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गौर- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएकोले स्थानीय तहलाई सशक्त बनाउन पूर्वघोषित वाचा पूरा गर्दै सांसद साहले निजि खर्चबाट सामाग्री उपलब्ध गराएका हुन् ।

सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहमध्ये बुधबार ४ वटा नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराए । सांसद साहले १००० थान सर्जिकल मास्क, ५० थान N95 मास्क, १०० वटा सर्जिकल ग्लब्स, २ सेट पिपिई र ५/५ लिटरको एउटा र आधा लिटरको ५ वटा सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् ।

उनको निर्वाचन क्षेत्रमा पर्ने फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले उक्त सामाग्रीहरु बुझिसकेको छ भने मौलापुर नगरपालिका र कटहरीया नगरपालिकाले भोलि प्राप्त गर्नेछ ।

बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भईरहेकोले आफुले सानो सहयोग गरेको सांसद साहको प्रतिक्रिया छ ।

सांसद साहले उपलब्ध गराएको सामाग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुनेछ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराएका नेता साहप्रती स्थानीय तहहरुले धन्यवाद ज्ञापन गरेको छ । सबै मिलेर मात्र कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सकिने भन्दै हातोमालो गर्न सांसद साहले सबैमा अपील गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ४ : ५२ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको