खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण « Khabarhub

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि लागेको आरोपका सम्बन्धमा सोही पार्टीको अनुशासन आयोगले छानबिन अगाडि बढाएको छ ।

छानबिन टोलीको अनुरोधबमोजिम ‘जनआस्था’ साप्ताहिक सम्पादक किशोर श्रेष्ठले सांसद सुनारसँग सम्बन्धित अडियो तथा लिखित विवरण निष्पक्ष अनुसन्धानका लागि उपलब्ध गराएका छन् ।   

रास्वपाको अनुशासन आयोगअन्तर्गतको छानबिन समितिका संयोजक हरिचन्द्र भट्टराईले जनआस्थालाई पत्र लेख्दै सांसद सुनारका सम्बन्धमा सार्वजनिक भएका समाचार तथा अडियो–भिडियो सामग्रीको यथार्थ पहिल्याउन आवश्यक कागजात र प्रमाण माग गरेका थिए ।  

छानबिन टोलीको सहयोग पत्रको जवाफ दिँदै सम्पादक श्रेष्ठले सांसद सुनारका ‘बीप’ र ‘म्युट’ नहानिएका सक्कलै अडियो तथा लिखित विवरणहरू पेन्ड्राइभमा समावेश गरी उपलब्ध गराइएको जानकारी दिएका छन् । 

उनले बिना दबाब र प्रभाव सत्य–तथ्य समेटिएको प्रतिवेदन आउने अपेक्षा व्यक्त गरेका छन् । सांसद सुनारमाथि सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न आरोपसहितका समाचार तथा अडियो–भिडियो सार्वजनिक भएपछि रास्वपाले उनीमाथि अनुशासनात्मक छानबिन सुरु गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ३ : २७ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य