बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार « Khabarhub

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार शव बुझ्न तयार भइको छ ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थापा कोरोना संक्रमणको आशंकामा अस्पताल भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको चैत १६ गते मृत्यु भएको थियो । मृत्यु भइसकेपछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण नभएको देखिएको थियो ।

कोरोना संक्रमणबाट नभइ समयमै उपयुक्त उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै थापाकी पत्नी रिताले घटनाको छानबिन माग गरेकी थिइन् । थापाकी पत्नी रितासहित आफन्तहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका थिएनन् ।

११ दिनदेखि अस्पतालमै रहेको शव बुधबार भएको छलफलपछि परिवारका सदस्यहरु उठाउन सहमत भएका हुन् ।

बुधबार दिउँसो प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको छलफलमा ५ बुँदे सहमति भएपछि आफन्त तथा परिवारका सदस्यहरु थापाको शव उठाउन राजी भएका हुन् ।

बुधबारको छलफलका क्रममा मृतक थापाका परिवारलाई दिने गरी आधारभूत राहात कोष खडा गर्ने र उक्त कोषामा शुरुमा ५ लाख ५ हजार रकम जम्मा गर्ने सहमति भएको थियो । उक्त कोषमा थप रकम जुटाउने पनि सहमति भएको छ ।

यस्तै, मृत थापाका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रितालाई स्थानीय तहले योग्यताअनुसार रोजगारी दिने सहमति पनि भएको छ ।

पाल्पाको रिब्दिकोट स्थायी घर भएका थापाका परिवारका सदस्यहरु रुपन्देहीको सैनामैना नगरपालिका–४ मा डेरा गरी बस्दै आएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : २७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका