कोरोना भाइरस मानव जातिको मुख्य शत्रु : मुख्यमन्त्री पौडेल « Khabarhub

कोरोना भाइरस मानव जातिको मुख्य शत्रु : मुख्यमन्त्री पौडेल


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस मानव जातिका लागि मुख्य शत्रु भएर आएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज हेटौँडामा आयोजित कोरोना कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारसम्बन्धी सर्वदलीय बैठकमा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसका कारण आगामी दिनहरु झन् चुनौतीपूर्ण हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मी निरन्तर रुपमा खटिरहेको बताए । अहिले प्रदेशको साधनस्रोत र क्षमताअनुसार काम गरिरहेको उनको धारणा थियो । उनले चुनौतीबीच पनि सुरक्षा निकाय र स्वास्थ्यकर्मीले गरेको कामको प्रशंसा गरे।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक शालिकराम जम्मकट्टेलले आफ्नो संयोजकत्वमा गठित समितिले गरेको कामहरुको जानकारी दिँदै सरकारले प्रदेशका सबै जिल्लाका स्थानीय तहहरुलाई कोरोनाविरुद्ध काम गर्नका लागि रकम पठाइसकिएको जानकारी दिए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं बजार अनुगमन तथा नियन्त्रण समितिका संयोजक अरुणप्रसाद नेपालले प्रदेशभरि दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नरहेको बताए । उनले बजारमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्नका लागि सहायक प्रजिअको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा ६ सय श्ययाभन्दा बढी आइसोलेशन र चार सयभन्दा बढी सघन उपचार कक्ष निर्माण भइसकेको जानकारी दिए ।

उनले आपत्कालीन रुपमा चाहिने पिपिई, मास्कलगायत सबै प्रकारका सामग्री स्टोर गरिएको पनि जानकारी दिए । प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले लकडाउनमा विपन्नलाई राहत वितरण गर्दा धेरै नै सावधानी अपनाउनुपर्ने बताए ।

उनले भीड गराएर राहत वितरण गर्नु नहुने बताउँदै कुपनमार्फत नजीकैको खाद्य स्टोर्सबाट राहत प्राप्त गर्न सकिने व्यवस्था गर्दा उचित हुने बताए ।

बैठकमा प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले राहत वितरणमा एकद्वार प्रणाली अपनाइनुपर्नेमा जोड दिए । अहिलेको सन्दर्भमा दुर्गम र विकट ठाउँमा राहतको आवश्यकता हुन थालेको भन्दै सो स्थानमा राहत पठाउन सुझाव दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ५२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२