अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त « Khabarhub

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माण निरन्तर रुपमा सक्रिय भई शिक्षा र समाजसेवाका क्षेत्रमा अमूल्य योगदान पुर्‍याएका घिमिरेको निधनबाट पार्टीलाई क्षति पुगेको बताएका छन् ।  

अध्यक्ष ओलीले दिवङ्गत घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

सङ्खुवासभाको मादी गाउँपालिका मखुवा निवासी ६६ वर्षीय घिमिरेको यही असोज २८ गते निधन भएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  २ : ३७ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य