कोरोनाभाइरसले अमेरिकामा थप एक नेपालीको मृत्यु « Khabarhub

कोरोनाभाइरसले अमेरिकामा थप एक नेपालीको मृत्यु


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोनाको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

कोरोनाभाइरसका कारण न्युयोर्कमा ङिमा तेम्बा शेर्पाको निधन भएको हो। शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ।

शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए।

ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।

कोरोनाको महामारी सुरु भएयता १५ दिनमा अमेरिकामा हालसम्म ५ जना नेपालीहरुको निधन भएको जनाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पछिल्लो समय तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो मंगलबार १ हजार ९१९ जनाले ज्यान गुमाएका थिए । यो तथ्यांक हालसम्मकै उच्च हो ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको जानकारी दिएका थिए ।  संक्रमितको संख्या भने न्युयोर्कमा एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ०५ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ