कोरोनाभाइरसले अमेरिकामा थप एक नेपालीको मृत्यु « Khabarhub

कोरोनाभाइरसले अमेरिकामा थप एक नेपालीको मृत्यु


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोनाको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ ।

कोरोनाभाइरसका कारण न्युयोर्कमा ङिमा तेम्बा शेर्पाको निधन भएको हो। शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ।

शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए।

ङिमा तेम्बा शेर्पा कोभिड १९ को संक्रमणका कारण विगत केही हप्तादेखि सो अस्पतालमा उपचाररत थिए।

कोरोनाको महामारी सुरु भएयता १५ दिनमा अमेरिकामा हालसम्म ५ जना नेपालीहरुको निधन भएको जनाइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पछिल्लो समय तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो मंगलबार १ हजार ९१९ जनाले ज्यान गुमाएका थिए । यो तथ्यांक हालसम्मकै उच्च हो ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको जानकारी दिएका थिए ।  संक्रमितको संख्या भने न्युयोर्कमा एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ९ : ०५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात